पोखरामा टेलिकमको तार चोरी गर्ने २ जना कारसहित प्रकाउ
पाेखरा | मंसिर २८, २०८०
पोखरा: पोखरामा नेपाल टेलिकमको कपर केबुलका तार चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई कारसहित प्रकाउ गरेको छ । टेलिकमको तार चोरी गरेको आरोपमा दुईजनालाई प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखराको विभिन्न स्थानमा रहेको बिजुलीको पोलबाट नेपाल टेलिकमको कप केबुलको तार चोरी गरेको सूचनापछि खोजी गर्दा शंकास्पद अवस्थामा लामाचौर गोस्तेतर्फ जाँदै गरेको ग २ च ५३६ नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्ने क्रममा तारसहित दुईजनालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ५८ वर्षीय लालबहादुर नेपाली र ३९ वर्षीय श्यामनाथ मोतिहारी रहेका छन् । प्रहरीले कारको सिट र डिक्कीबाट विभिन्न स्थानबाट चोरी भएको करिव ३ सय ३१ मिटर कपर केबुलको तार बरामद गरेको छ ।
प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

